arrow

[अपडेट] सप्तरी घटनाका मृतकको संख्या ३ पुग्यो

मधेशमा सुरक्षा संयन्त्र र मोर्चाको छुट्टाछुट्टै बैठक

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
golikanda_saptari.jpeg
काठमाडौं । सप्तरी घटनामा ज्यान जानेको संख्या ३ पुगेको छ । घटनास्थलमा नै ज्यान गएका बाहेक अन्य दुई जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । यसरी ज्यान गुमाउनेहरुमा ३५ वर्षीय पिताम्बर मण्डल  र २८ वर्षीय आनन्द शाह  रहेका छन् । यस अघि सञ्जन मेहेताको घटनास्थलमै निधन भएको थियो । 
 
यसैबीच दिउँसोको घटनाको विषयलाई लिएर मधेशका विभिन्न जिल्लाहरुमा शान्ति सुरक्षाको प्रवन्ध मिलाउन सुरक्षा संयन्त्रको बैठक बसिरहेको छ । अहिले सिराहा, सप्तरी, धनुषा लगायतका जिल्लाहरुमा सुरक्षा संयन्त्रको बैठक बसिरहेको हो । 
 
घटना लगत्तै सप्तरीमा स्थानीय मधेशी मोर्चाका नेताहरुको बैठक चलिरहेको छ । उनीहरुले दिउँसोको घटनाको विषयमा समीक्षा गर्दै अवको भावी कार्यक्रमबारे छलफल भईरहेको सप्तरीबाट पत्रकार सञ्जीव विक्रम शाहले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ