arrow

सप्तरी घटनामा काँग्रेसको दुई वक्तव्य, के भन्यो काँग्रेसले?

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
Congres-FNL.jpg.jpeg
काठमाडौं। नेकपा एमालेले सप्तरीमा आयोजना गरेको कार्यक्रम क्रममा आक्रमण र दोहोरो झडप हुँदा भएको प्रहरी कार्वाहीमा नागरिकको मृत्युका बिषयमा नेपाली काँग्रेसले सोमवार साँझ दुई वक्तव्य निकालेको छ । पार्टी सभापति शेर बहादुर देउवा र कोषाध्यक्ष सीतादेवी यादवले अलग अलग वक्तव्य निकाली घटनाको बारेमा आफ्नो र पार्टीको तर्फबाट चासो र चिन्ता व्यक्त गरेका छन्। घटनाको खवरले नेपाली कांग्रेसलाई दुःखीत् वनाउनुको साथै पार्टीको गम्भीर ध्यानाकर्षण भएको सभापति देउवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
सभापति देउवाको वक्तव्यसँगै सिराहाबाट पार्टीको राजनीतिमा आएकी कोषाध्यक्ष सीतादेवी यादवले समेत वक्तव्य निकाली घटनाको बारेमा चासो र चिन्ता व्यक्त गरेकी छन्। पार्टी कार्यालयबाट विरलै एकैपटक जारी हुने वक्त्वयले स्थितिको गाम्भिर्यतालाई पनि प्रष्टाएको छ। सिराहा र सप्तरी सीमा जोडिएका जिल्ला हुन्। 
 
फागुन २३, २०७३
प्रेस विज्ञप्ति
 
ने.क.पा. एमालेद्वारा सप्तरीमा आयोजीत कार्यक्रममा आक्रमण र दोहोरो झडप हुँदा केहि व्यक्तिहरुको मृत्यु हुन गएको र कैंयौ व्यक्तिहरु घाइते  हुन गएको खवरले नेपाली कांग्रेसलाई दुःखीत् वनाउनुको साथै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । 
 
मृत्यु भएका व्यक्तिहरुप्रति नेपाली कांग्रेस हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारका लागि संवेदनशिल रहन नेपाली कांग्रेस नेपाल सरकारसँग आग्रह गर्दछ । 
 
शान्तिपूर्ण ढंगले आफ्नो फरक मत राख्न पाउने लोकतान्त्रिक अधिकार हो । यो अधिकारलाई कहि कतैवाट अवरोध पुर्‍याउनु लोकतान्त्रिक चरित्रको विपरित हो । स्थानीय चुनावको घोषणा भई सकेको वर्तमान अवस्थामा यस्ता कृयाकलापले स्थानीय चुनावलाई नै अवरोध र्सिजना गर्न सक्ने यथार्थलाई ध्यानमा राखि सवैपक्षलाई संयमित हुँदै सामाजिक सद्भाव कायम राख्न र कुनै पनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीति अभियानमा कहि कतैवाट पनि अवरोध सिर्जना हुने किसिमका गतिविधि नगर्न नगराउन सवै पक्षलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।
 
शेर बहादुर देउवा
सभापती
नेपाली काँग्रेस
 
फागुन २३, २०७३
 
प्रेस विज्ञप्ति
आज सप्तरीको औद्यौगीक क्षेत्रमा भएको घटनामा गोलि लागी केही व्यक्तिहरुको मृत्यु भएको घटनाले हामीलाई मर्माहत बनाएको छ । संविधान संशोधन र निर्वाचनको प्रकृयामा मुलुक अघि वढी राखेको वर्तमान अवस्थामा यस घटनाले जटिलता पैदा गरेको छ ।
 
यस घटनावाट उत्तेजित नहुन र शान्ति कायम गराई राख्न मधेशी जनता र सुरक्षाकर्मीलाई आग्रह गर्दछु । मृत्यु भएका व्यक्तिहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै घाईतेहरुको उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मी र नेपाली कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु ।
जयनेपाल !
 
सीतादेवी यादव
कोषाध्यक्ष
नेपाली काँग्रेस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ