arrow

सप्तरी घटनाले एक ठाउँमा आए मधेशी दल, दुई दिन मधेश बन्द

सरकारलाई दिइएको समर्थन फिर्ता

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
morcha-madhesh-banda.jpeg
काठमाडौं। सप्तरी घटनापश्चात बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आकस्मिक बैठकले फागुन २४ र २५ गते मधेश बन्द गर्ने निर्णय गरेको छ। मोर्चाको मुख्य घटक संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा भएको वैठकले ४ बुँदे निर्णय गर्दै सरकारी दमनको विरोध गर्ने जनाएको छ । 
 
वैठकले प्रहरीको गोली लागि मारिएका सञ्जन मेहता, दिगम्वर यादव, पिताम्वर लाल मण्डल र आनन्द साहलाई मानवअधिकार र अन्तराष्ट्रिय मानविय कानुनको समेत उल्लंघन गरेर गोली हानिएको ठहर गर्दै सरकारी हिंसात्मक कार्यको निन्दा गरेको छ । वैठकले घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
 
वैठकले नेकपा एमालेका नेताहरुले मधेश र मधेशी जनता विरुद्ध गरेको विषवमन र गैरजिम्मेवार भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै सप्तरी घटनाको मुख्य कारक रहेको ठहर गरेको छ। मोर्चाको वैठकमा मोर्चामा आवद्ध सात राजनीतिक दलका अध्यक्ष तथा नेताहरु सहभागि थिए। वैठकपछि उनीहरुले संयुक्त वक्तव्य समेत जारी गरेका छन्। 
 
त्यस्तै, मोर्चाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरको छ । मंगलवार नै सरकारबाट समर्थन फिर्ता लिइएको जानकारी सभामुख ओनसरी घर्तीमगरलाई औपचारिक पत्र मार्फत गराइने मोर्चाको एक घटक राष्टिय मधेश समाजवादी पार्टिका महासचिव केशव झाले उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ