arrow

बन्दका कारण विहानैदेखि मधेश प्रभावित, सप्तरी शान्त तर भयभीत

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
madhesI_CPNUML.jpeg
काठमाडौं । मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण विहानैदेखि मधेशका विभिन्न जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । सोमबार दिउँसो भएको सप्तरी घटनाको विषयलाई लिएर मधेशी मोर्चाको सोमबार साँझ बसेको बैठकले दुई दिने मधेश बन्दको घोषणा गरेको थियो । 
 
अहिले विशेषगरी दुई नम्बर प्रदेशमा पर्नै तराईका जिल्लाहरुमा स्थिती शान्त तर भयभीत रहेको छ । सोमबार घटनाघटेको सप्तरीमा अहिले स्थिती सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीको टोली अहिले जिल्लाभर गस्ती गरिरहेको छ । आन्दोलनकारीको संख्या न्यून रहेको भएपनि बजार, उद्योगधन्दा र पसलहरु पूर्णरुपमा बन्द गरिएको छ । 
 
सप्तरीबाट पत्रकार ओमप्रकाश शाहले दिएको जानकारी अनुसार अहिले स्थानीयहरु एकदमै भयभीत अवस्थामा रहेका छन् । त्यसैले उनीहरु खासै बाहिर निस्किएका पनि छैनन् । प्रहरीले गस्ती गरिरहेको छ । तर बजार कलकारखाला र सवारीसाधन पनि ठप्प रहेको छ । त्यस्तै, सिराहा, धनुषा र महोत्तरी जिल्ला प्रहरीले पनि सुरक्षा व्यवस्था कडा बनाईएको र अहिलेसम्म त्यस्तो कुनै घटना नघटेको जनाएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ