arrow

रुपन्देही र कपिलबस्तुमा बन्दको प्रभाव सामान्य, तीन चोक प्रभावित

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
buddhachock_banada.jpeg
काठमाडौं । मधेशी मोर्चाले आह्वान गरेको बन्दले रुपन्देही र कपिलबस्तुको जनजीवन सामान्य प्रभावित बनेको छ । सप्तरीमा सोमबार भएको गोली काण्डको विरोधमा मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दले यी दुई जिल्लामा सामान्य प्रभाव पारेको हो । 
 
अहिले कपिलबस्तुको अञ्चलपुर, लुम्बिनी गेट र देवकोटाचोकमा फाट्टफुट्ट प्रदर्शनकारी रहेकोले सो क्षेत्रमा सवारी न्यून मात्रामा चलेको छ । जसकाकारण, प्रहरीले सो क्षेत्रबाट चल्ने सवारीलाई भित्रीबाटो हुँदै डाईभर्सन गरेको छ । भित्री बाटोमा भने निर्वाध रुपमा सवारी चलिरहेको भैरहवाबाट स्थानीय पत्रकार पोषकान्त पोखरेलले जानकारी दिए । 
 
उनका अनुसार यी तीन चोकबाहेक अन्यत्र निर्वाध रुपमा सवारी चलिरहेको छ भने शिक्षणसंस्थाहरु बन्द गरिएको छ । सामान्य पसलहरु भने निर्वाध सञ्चालनमा आईरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ