arrow

प्रदेश २ तनावग्रस्त, लाहानमा आगजनी र तोडफोड

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
aagjani_soraha.jpeg
लहान । नेकपा एमालेको मेची–महाकाली अभियानको क्रममा सोमवार सप्तरीमा प्रहरीको गोली लागि आफ्नो कार्यकर्ताको मृत्युभएपछि मधेशी मोर्चाले दुई दिन मधेश बन्दको घोषणा गरेका छन् । बन्दको पहिलो दिन सिरहामा पनि बन्दको प्रभाव परेको सिराहाबाट स्थानीय पत्रकार शम्भु यादवले जानकारी दिए । 
 
बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैन् । जिल्लाका सरकारी तथा निजी विद्यालय, उद्योग, बजार पुर्ण रुपमा बन्द छन् । बिहानैदेखि मोर्चाका कार्यकर्ता चौक चौकमा सडकमा टायर वाली प्रदर्शन गरिरहेका छन् । लहानमा मोर्चाका कार्यकर्ताहरु राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । मार्चाका कार्यकर्ताहरु सरकारविरुद्ध प्रदर्शन गर्दै गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा माग गरेका हुन् । उनीहरुले प्रचण्ड सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा देउ, केपी ओली मुर्दावाद लगायतका नारा लगाइरहेका छन् ।
 
मधेसका जिल्लाहरुमा बन्द सशक्त देखिएपनि एम्बुलेन्स, दुध र औषधी बोकेको गाडी, प्रेस र अत्यावश्यक गाडी भने चल्न दिएको छ । राजमार्गमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिन्छ । तोडफोड गर्न नदिन लहानस्थित एमाले पार्टी कार्यालय अगाडी पनि प्रहरी परिचालन गरिएको छ । 
 
यसैबीच, सोमवार साँझ मोर्चाका कार्यकर्ताले सिरहाको लहान र गोलबजारमा २ वटा ट्रकमा आगजानी गर्नुको साथै दर्जन भन्दा बढी गाडीमा तोडफोड गरेका थिए । सप्तरीमा प्रहरीको गोली लागि मोर्चका कार्यकर्ताहरुको मृत्यु भएको खवरले आक्रोशित बनेका उनीहरु लहानको कुसवाहा चौकमा ना.४ ख २०७६ नम्बरको मालबाहक ट्रक र सिरहाको गोलबजार स्थित विआर ५१ ए ४०१३ नम्वरको भारतीय ट्रकमा आगजनी गरेको  प्रहरीले जनाएको छ । आक्रोसित मोर्चाको भिडले लहान र गोलबजारमा दर्जन भन्दा बढी गाडीमा तोडफोड गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ