arrow

सदरमुकाम जलेश्वरको जनजीवन प्रभावित, बर्दिवास बजार भने पूर्णरुपमा खुल्ला

logo
कमलेश मण्डल,
प्रकाशित २०७३ फागुन २४ मंगलबार
padesh-2.jpeg
महोतरी। सप्तरीमा सोमवार भएको हिंसांत्मक घटनाको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आमहडतालका कारण महोतरी  जिल्लाको जनजीवन प्रभावित भएको छ।
 
घटनाको विरोधमा मोर्चाले तराई मधेशमा मंगलवार र बुधवार मधेश बन्द आह्वान गरेपछि बन्दको प्रभाव देखिएको छ। स्वस्फूर्त रुपमा सडकमा उत्रेका नेता तथा कार्यकर्ताहरुले  बिहानैदेखि मोर्चाका कार्यकर्ताहरु सदरमुकाम जलेश्वरस्थित दुर्गा चोक, नगरपालिका चोक अस्पताल चोक र खैराचोक सहितका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन। 
 
सरकारविरुद्ध नाराबाजी प्रदर्शन गर्दै मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम जलेश्वर, मटिहानी, पिपरा, गौशाला, सम्सी, रामगेपालपुर बजार बन्द गराई आसपासका क्षेत्रमा मोटरसाईकल समेत चल्न दिइएको छैन। बजार क्षेत्रका सडकहरु सुनसान भएको छ। तर बर्दिवास बजार पूर्णरुपमा  खुलेका छन।
 
लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन भने सदरमुकाम जलेश्वरस्थित सम्पूर्ण सरकारी कार्यालय, उद्योग कलकारखाना, शैक्षिक संस्था, वजारपसल बैंक तथा वित्तीय संस्थाहरुलाई पनि बन्द छन।  बन्दका क्रममा हुन सक्ने तोडफोड तथा झडपलाई ध्यानमा राखी स्थानीय प्रशासनले  जिल्लाको शहरी तथा गा्रमीण क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाएको छ। प्रहरीहरु सरकारी कार्यालय र एमाले नेता कार्यकर्ताको घर सुरक्षामा पनि केन्द्रित भएका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ