arrow

पर्वतमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
accident-final.jpg

पोखरा । पर्वतको कुश्मा नगरपालिका-२ अर्मादीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पोखरा–बागलुङ सडकखण्डमा बुधबार दिउँसो करिब ४ बजे भएको दुर्घटनामा जलजला गाउँपालिका-९ बनौका ४० वर्षीय हिरा गर्बुजा र जलजला गाउँपालिका-७ लस्तीका ४१ वर्षीय सुर्जन भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक गर्बुजा र पछाडि सवार भण्डारी गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि तत्काल कुश्मास्थित प्रदेश अस्पताल लगिएको भए पनि उपचारकै क्रममा गर्बुजालाई साँझ ४ः४५ बजे र भण्डारीलाई ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुवैको शव हाल अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-२ निवासी ३५ वर्षीय मनोज थापा रहेका छन्।

प्रहरीले ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ