arrow

एमाले कार्यालय फोर्ने १३ मोर्चाका कायकर्ता पक्राउ (नामावली सहित)

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
amale.jpeg
काठमाडौं । लहानबाट प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको डिएसपी हिरा पाण्डेले बताए । पक्राउ पर्नेहरुमा लहान मोर्चाका संयोजक कृष्णबहादुर यादव, राजु गुप्ता, सत्यनारायण यादव, मो. गुलाब राइन, रोशन यादव, मनोज कुमार यादव, दिनेश यादव, आलोक यादव, विजय यादव, उमेश महतो, बैधनाथ साह, प्रयाग लाल यादव, दिलिप यादव रहेका छन् ।
 
मधेशी मोर्चा आवद्ध दलका कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । लहानको मुख्य चोकमा रहेको एमाले सिरहा क्षेत्र नं. १ को क्षेत्रीय समिति र लहान नगर समितिको संयुक्त कार्यालयको समान वाहिर निकालेर मोर्चा कार्यकर्ताले आगजनी गरेका हुन् । 
 
विहान ११ बजेतिर मोर्चाका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट कागजपत्र, फर्निचर लगायत सामान सडकमा निकालेर आगजनी गरेको छन् । आगजनीबाट कागजपत्र, फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ