arrow

सप्तरी घट्नाबारे शिवसेनाले मुख खोल्यो

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
golikanda_saptari.jpeg
काठमाडौं । राष्ट्रिय शिवसेना पार्टीले  सोमबार सप्तरीमा घटेको घट्नाको जिम्मा प्रमुख तीन दलले लिनुपर्ने बताएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शिवसेना पार्टीले यस्तो माँग गरेको हो। पार्टीका अध्यक्ष बिक्रम बहादुर बमले विज्ञप्ती वाचन गर्दै सप्तरीमा भएको दुःखद् घट्नामा ज्यान गुमाउने सहिदप्रति श्रदाञ्जली व्यक्त गरेका छन्। 
 
जनता भन्दा ठुलो कुनै अमुक राजनीतिक दल नहुने बताउँदै अध्यक्ष बमले भने,‘ जनता भन्दा ठूलो निर्वाचन पनि होईन, जनता भन्दा ठुलो राज्यसक्ता पनि होईन, आज मधेशी मर्यो जस्ता गैर जिम्मेवार शब्द बोल्नु जायज होईन, जनता भन्दा संविधान पनि होईन, मुलुकलाई दीर्घकालिन शान्ति र स्थिर राजनीतिक डोरीमा बाँध्ने हो भने, मुख्य तीन दल जो आफुलाई यो देशका ठेकेदार सम्झिरहेका छन्, यो सिण्डिकेटको अन्त्य नभएसम्म हाम्रो देश उँभो लाग्दैन्।’
 
अध्यक्ष बमले फरक प्रसंगमा २०७२ सालको संविधान खारेजीको माँग समेत गरेका छन्। उनले भने,‘तत्काल २०४७ सालको संविधान जारी गरि यस विषम् परिस्थतिबाट मुलुकलाई पार लागाउनु आजको आवश्यकता हो।’त्यस्तै बिक्रम बहादुर कुवँरले सप्तरी घटनाको सत्य–तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्नुपर्ने धारणा राखे।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ