arrow

‘मधेस घटना दुःखद र निन्दनीय’:पौडेल

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Ramchandra-Poudel-11.jpg.jpeg
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताएका छन् । 
 
रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा मंगलबार दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको जनाउँदै आउँदा दिनमा यस्ता घटना दोहरिन नहुने बताए । 
 
मुलुकभित्र देखिएका विद्यमान समस्या समाधान आवश्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि गर्नुपर्ने नेता पौडलले बताए । 
 
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई सो घटनाले प्रभाव पार्न नहुने पौडेलको भनाइ थियो । मधेसको घटनाले स्थिति बिग्रिदै गएकाले सरकारलाई संयम हुन उनले सुझाव दिए ।  मधेसको घटनालाई लिएर एमालेले तीन दिनका लागि कार्यक्रम स्थगन गर्नु सकारात्मक पक्ष भएको पनि नेता पौडेलले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ