arrow

सप्तरी घटनाको छानविन गर्न आयोगको दुर्इवटा टोली

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
National-Human-Rights-Commission.jpeg
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले सप्तरी घटनाको अनुगमन गरी तथ्याङ्क संकलन गर्न बेग्लाबेग्लै टोली परिचालन गरेको छ । आयोगले मंगलवार प्रेश बिज्ञप्ती जारी गर्दै आयोगको क्षेत्रीय कार्यालय विराटनगरबाट धरान तर्फ एक अनुगमन टोली र सप्तरीमा उपचाररत घाइतेहरुको अवस्था अनुगमनको लागि क्षेत्रीय कार्यालय जनकपुरबाट अर्को टोली खटाइएको  जनाएको छ । 
 
बिज्ञप्तमिा आयोगको ध्यानाकर्षण भएको भन्देै, नेकपा एमालेद्वारा राजविराजमा फागुन २३ गते आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सुरक्षाकर्मीहरु वीचको झडपको क्रममा प्रहरीको गोलि लागेर ४ जनाको ज्यान गएको र दर्जनौं व्यक्तिहरु घाइते भएको प्रति दुख व्यक्त गरेको छ । यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
 
आयोगले घटना प्रति खेद ब्यक्त गदै आयोगको अनुगमन, अनुसन्धान कार्यमा कतैबाट पनि अवरोध सृजना नगर्न समेत आग्रह गरेको छ । कुनैपनि व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्नुृपर्ने निकायबाटै अत्यधिक बल प्रयोग भई यस्तो परिस्थिति उत्पन्न हुनु मानव अधिकार सम्मत मान्न सकिन्न । आयोगद्वाररा जारी विज्ञप्तीमा भनिएको छ मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ तथा नेपालको संविधानको धारा १६ द्वारा प्रदत्त बाँच्न पाउने अधिकारलाई कसैले पनि कुनै पनि बहानामा कुण्ठित गर्र्न मिल्दैन ।
 
आयोगले कुनैपनि राजनीतिक दलले आफ्ना राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्दा हदैसम्मको संयमता अपनाउन समेत आयोगले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ