arrow

कपिलवस्तुमा मोर्चाका दर्जनौ नेता कार्यकर्ता गिरफ्तार

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
pakrau-new.jpeg
काठमाडौ । कपिलवस्तुमा प्रहरीले मधेशी मोर्चाका दर्जनौ नेता कार्यकर्तालार्इ गिरफ्तार गरेको छ । बन्द गराउँदै हिँडेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दर्जनौ नेता तथा कार्यकर्ताहरु तौलिहवामा पक्राउ परेका हुन् । उनीहरूलाई तौलिहवाको विभिन्न चोकबाट प्रहरीले पक्राउ गरेको हो । सप्तरीमा सोमबार भएको गोली काण्डको विरोधमा मधेशी मोर्चाले दुई दिने मधेस बन्दको आह्वान गरेको थियो । 
 
पक्राउ पर्नेहरुमा  शहसराम यादव, शैलेन्द्र कुमार यादव, रामनेवास यादव, अब्दूल रसिद खाँन, गीता श्रीवास्तव, संन्दिप पाण्डेय, दिपक पाण्डेय, शत्रुघन विलास सिंह, सदभावनाका मधुसुदनशरण चौधरी, सिताराम यादव, घोल्लर प्रसाद यादव, लोरिक केवट, इरफान खाँन, वीरेन्द्र प्रसाद यादव, नन्नदलाल बरई, राजाबाबु चौधरी, विश्वम्भर मिश्र रहेका छन् । 
 
पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा राखेको मोर्चाका नेता रामनेवास यादवले जानकारी दिएका छन् । कपिलवस्तुमा  विहानैदेखि मोर्चाका नेता तथा कार्यकर्ताहरुले  मुख्य बजार तथा चोकचोकमा टायर जलाएर प्रदर्शन गरहेका छन् । मोर्चाको बन्दले राष्ट्रपति महिला उत्थान कार्यक्रमको शुभारम्भ कार्यक्रम पनि सामान्य प्रभावित भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ