arrow

एमालेले अभियान नरोक्ने, सिके राउत प्रवृत्तिको अन्त्यका लागि सप्तरी गएको दाबी

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
cpnuml-530x304.jpg.jpeg
काठमाडौं । एमालेले मेची महाकाली अभियान नरोक्ने भएको छ । मंगलबार पार्टीकार्यालय धुम्बाराहीमा विशेष पत्रकारसम्मेलन गर्दै एमालेले अभियान ३ दिनपछि फेरि सुरु हुने बताएको हो । उसको अभियान रोक्ने क्रममा मोर्चाका कार्यकर्ताहरुको निधन भएपछि ३ दिनको लागि स्थगित गरेको एमालेको अभियान ३ दिन पछि फेरि पुरानै कार्यतालिका अनुसार सञ्चालन हुने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । 
 
यस्तो मधेशीहरु आक्रोशित भएको बेलामा किन मधेश जानुपरेको त एमालेहरुलाई भन्ने प्रश्नमा नेता ज्ञवालीले मधेशमा सिकेराउत प्रवृत्तिको अन्त गर्नको लागि आफूहरु मधेश छिर्नुपरेको दाबी गरे । उनले आपराधिक गतिविधिलाई आफ्नो आवरणमा ढाक्ने मधेशी मोर्चाको नियतमाथि आफूहरुलाई अचम्म लागेको बताए । 
 
आफूहरुको सामूहिक हत्याको प्रयास भएको भन्दै एमालेले संयमता अपनाएर मात्रै घटनाले व्यापक रुप नलिएको दाबी गरे । पत्रकार सम्मेलनमा बोल्नै अर्का नेता भीम रावलले आफूहरुको पूर्व निर्धारित कार्यक्रमबारे सरकार किन मौन बसेको भन्दै प्रतिप्रश्न गरे । उनले हरेक गतिविधिमा गृहमन्त्रीलाई रिपोर्टिङ हुने भन्दै यसमा विमलेन्द्र निधिसमेत दोषी रहेको बताएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ