arrow

बुद्धभूमिबाट सुरु भयो राष्ट्रपति महिला उत्थान कार्यक्रम

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
rastrapati_bhairahawa.jpeg
कपिलवस्तु । राष्ट्रपति महिला उत्थान कार्यक्रमको तौलिहवामा समुद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा महिलाहरुले हक अधिकार पाउनुको साथै हरेक क्षेत्रमा सहभागिता जनाउन थालेकोको बताएकी छिन् ।लोकतन्त्रको स्थापना र राजनैतिक विकासक्रम अनुसार स्थानीय निकाय, सरकारी तथा गैर सरकारी क्षेत्रहरुमा समेत महिला सहभागिता वुद्धि हुँदै गएको समेत उनको भनाई छ ।
 
बुद्ध जन्म स्थान कपिलववस्तु लुम्विनीबाट कार्यक्रम सुरुवात भएको भएको हुँदा महिला तथा अन्य नागरिकमा शान्तिको सन्देश फैलाउनु पर्ने भण्डारीको भनाई छ । देशको  विकास क्रमसँगै नेपाली महिलाहरुको नेतृत्व क्षमतामा विकास  हुँदैं गएको हुँदा यसलाई संस्थागत गर्न कार्यक्रमले टेवा पुग्ने उनको बिश्वास थियो । 
 
उद्घाटन कार्यक्रममा वोल्दै महिला वालवालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले  कार्यक्रम महिलाहरुको आयआर्जनको लागी विशेष योगदान दिने भएको हुदा सरकारले सरकार, निजी र सामुदायिक क्षेत्रहरुको सहभागितामा यसलाई लैजाने हुँदा सफलता मिल्ने बताए । 
 
उद्यमशीलताको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण गरी दिगो विकासको लक्ष्य हासिल गर्ने, लैंगिक हिंसाको रोकथाम तथा सोबाट पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागू गर्न लागिएको समेत खड्काले बताए । 
 
कार्यक्रमले गैरसरकारी संस्थाको साझेदारीमा संकटापन्न अवस्थामा रहेका महिला, वालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुका लागि अल्पकालिन सेवा केन्द्र स्थापनाका लागि सहयोग गर्ने  समेत मन्त्री खड्काले जानकारी दिए
 
सांसद अतहर कमालले स्थानीय महिलाहरुलाई सहभागितामा आधारित कार्यक्रम भएको हुँदा यसको सफल रुपमा कार्यान्वन हुने विश्वास ब्यक्त गरे । मुलुकभरका ३०  जिल्लामा संचालन हुने “राष्ट्रपति महिला उत्थान कार्यक्रमको शुभारम्भ कपिलवस्तुबाट सुरुवात गरिएको हो ।  
 
सो अवसरमा  कपिलवस्तुका अति विपन्न र लोपोन्मुख ३५ जना महिलाले सीप र क्षमता विकास सहित उद्यम सुरु गर्ने अपेक्षा गरिएको छ ।राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तु, प्यूठान, रोल्पा, रुकुम लगायतका जिल्ला सहित रौतहट, पर्सा, सिरहा, महोत्तरी, दोलखा, रामेछाप लगायतका ३० जिल्लामा लागु हुने छ । मानव विकास सूचांकमा पछि परेका जिल्लाका अति विपन्न दलित, पिछडा, जनजाति, खसआर्य, तथा मुस्लिम समुदायका महिला लक्षित गरी कार्यक्रम सुरुवात गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ