arrow

प्रधानसेनापति क्षत्रीले गरे मकवानपुर र चितवनका गण निरीक्षण

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Rajendra-Chhetri--new.jpg.jpeg
काठमाडौँ  । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार मकवानपुरको सुनाचुरीस्थित श्री नं १ जगदल गण र चितवनको शक्तिखोरस्थित श्री सिंहनाथ गणको निरीक्षण गरेका छन् । 
 
निरीक्षणका क्रममा उनले गणको स्थलगत वस्तुस्थिति विवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
 
सो अवसरमा प्रधानसेनापति क्षत्रीले सकल दर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हित रक्षार्थ अनुशासित, संयम् एवम् व्यवसायिक ढङ्गले कार्य गर्न निर्देशनसमेत दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ