ग्लोबल आइएमई बैङ्क र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
155
Shares
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरूलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरूबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहकार्य सुरुवात भएको हो।
सम्झौता बमोजिम बैङ्कका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १५ हजार रुपैयाँ वा सो भन्दा बढीको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन। ग्राहकले आफूलाई अनुकूल हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन्। यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन।
यो सुविधाबाट विशेष गरी इलेकट्रोनिक्स तथा ठूला सामग्रीहरू खरिद गर्ने ग्राहकहरूलाई तत्काल पर्ने आर्थिक भार कम हुने र योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज हुने विश्वास छ।
साथै, यस सहकार्य अन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बिबिएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिने भएको छ।
भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन्। सुरुवातमा यो कार्ड बिबिएसएम तथा यसका नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ।
उक्त कार्डमार्फत ग्राहकहरूले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक लक्षित योजनाहरूको लाभ लिन सक्नेछन्।
ग्लोबल आइएमई बैङ्क र भाटभटेनीबीचको यो सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन, आधुनिक वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई थप लाभान्वित गर्ने उद्देश्य बैङ्कले लिएको छ।
दुवै संस्थाले अगामी दिनमा संयुक्त रूपमा विभिन्न आकर्षक छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक केन्द्रित योजनाहरू सञ्चालन गर्दै ग्राहकलाई थप लाभ प्रदान गर्ने योजना बनाएका छन्। यो योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारको रूपमा सहकार्य गरेको छ।
ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ। बैङ्कले बैङ्क अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैङ्क २०१६, वेस्ट बैङ्क नेपाल २०२४, २०२५ र २०२६, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४, वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखा रहित बैङ्किङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।