arrow

सप्तरी घटनामा गम्भिर घाइते एमाले कार्यकर्तालाई काठमाडौं ल्याइयो

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Manoj-singh-rai.jpeg
काठमाडौं। नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा घाइते भएका युवा संघ नेपाल मोरङ जिल्ला कमिटी सदस्य मनोज सिंह राईलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सप्तरी गोली काण्डमा भागदौडका क्रममा सवारी साधनले हानेर घाइते भएका राईलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो। 
 
काठमाडौंमा उनको रास्टिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ चिकित्सकहरु उनको उपचारमा संलग्न रहेका छन्। विराटनगरको नोवेल अस्पतालमा उपचार हुन नसकेपछि राईलाई काठमाडौं ल्याइएको हो । करङ ५ ठाउँमा भाचिएको तथा आन्तरिक रक्तश्राव धेरै भएको कारण थप उपचारका लागि काठमाडौं ल्याइएको यूवा संघका उपाध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिए । 
 
भागदौडमा गाडीले हानेर घाइते भएका राईलाई अस्पताल पुर्‍याएको १ घण्टापछि एमालेका कार्यकर्ताहरुले पहिचान गरेका थिए । उनको अवस्था गम्भिर रहेको छ । 
 
Image may contain: 3 people, beard and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ