arrow

सप्तरी घटनाको न्यायिक छनबिन गर्न नयाँ शक्तिको माग

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
naya-sakti.jpg.jpeg
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले सप्तरीमा भएको घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । 
 
पार्टी संयोजक डा बाबुराम भट्टराईले मंगलबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाबाट आफू र आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गर्दै उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 
 
मुलुकलाई देशभक्ति सहितको राष्ट्रिय एकता आवश्यक भएको औँल्याउँदै नयाँ शक्ति पार्टी राजनीतिक सहमति, राजनीतिक विश्वास र सहकार्यको पक्षमा रहेको संयोजक डा भट्टराईले विज्ञप्तिमा भनिएको छ । 
 
विज्ञप्तिमा भट्टराईले ‘हामी समावेशी विकास र समृद्धिको पक्षमा छौँ, हामी हिमाल, पहाड र तराई मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौँ, यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहीँकतैबाट प्रोत्साहित नगरौँ’ भनेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ