arrow
ADVERTISEMENT

कांग्रेसका क्रियाशील सदस्य साढे छ लाख पुग्छन् : गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
gagan-thapa-26-02.jpg.jpeg

रौतहट। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पाँच लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिएका छन्।

चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी क्रियाशील सदस्यको संख्या पाँच लाखभन्दा बढी पुगेको बताएका हुन्।

पार्टीको १५औँ महाधिवेशनका लागि यसअघि सात लाख आठ हजार क्रियाशील सदस्यता नवीकरण गरिएको थियो।

तर नवीकरण संख्याको तुलनामा सदस्य घट्नुको कारणबारे स्पष्ट पार्दै थापाले अधिवेशनका लागि मात्रै क्रियाशील बनाइएका सदस्यहरूलाई निरन्तरता नदिने नीति अपनाइएको बताए।

उनले भने, ‘जो साथीहरू अधिवेशनका लागि मात्रै क्रियाशील बन्नुभएको वा बनाइनुभएको थियो, त्यस्ता साथीहरू क्रियाशील सदस्य बनिरहने कुरा नहोस् भन्ने नै हाम्रो चाहना हो।’

थापाले यसपटक कसैले अर्को व्यक्तिको नाममा सदस्यता बनाइदिने परिपाटी अन्त्य गरिएको र सदस्य बन्न व्यक्ति स्वयं सहभागी हुनुपर्ने व्यवस्था अनिवार्य गरिएको बताए।

उनका अनुसार यस प्रक्रियाबाट पार्टीमा छ देखि साढे छ लाख वास्तविक क्रियाशील सदस्य अद्यावधिक हुने अपेक्षा गरिएको छ, जुन पार्टीको योजनाअनुसारको आकार भएको उनको भनाइ छ।

सभापति थापाले आगामी जेठ २८ गतेभित्र सदस्यता अद्यावधिकको काम सम्पन्न गरी बाँकी प्राविधिक प्रक्रिया अघि बढाइने जानकारी दिए। त्यसपछि महाधिवेशनका अन्य नियमित प्रक्रिया अघि बढ्नेछन्।

यस्तै, पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग संवाद गरिरहेको समेत उनले बताए। चितवनको कार्यक्रम सकेर थापा गोरखा जाने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ