arrow

अन्तर्राष्ट्रिय महिला दिवस : महिलाले अझै पुरुषसरह अधिकार नपाएको गुनासो

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
inernational-womens-day-cartoon.jpeg
काठमाडौं । विश्वभर मार्च ८ अर्थात् बुधबार अन्तराष्ट्रिय महिला दिवस धुमधामका साथ मनाईँदै छ । प्रत्येक वर्ष मार्च ८ मा मनाउने अन्तराष्ट्रिय महिला दिवसलार्इ विश्वले महिला जागरूकतासम्बन्धी दिवस रुपमा लिएको छ। राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको छ।
 
महिला सशक्तिकरणको उपलक्ष्यमा मनार्इने दिवसको पूर्व सन्ध्यामा महिला अधिकारबादीहरुले महिलाको आान्दोलन अझै पूरा नभएको दाबी गरे । महिलाहरुले अझै पनि पुरुष सरह अधिकार नपाएको गुनासो गर्दै समान अधिकार नपाएसम्म महिला आान्दोलन चलिरहने बताएका हुन् । 
 
दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित कार्यक्रममा नेकपा ९एमाले०की नेत्री एवम् पूर्वमन्त्री शान्ता मानवीले अबको युग भनेको पुरुष र नारी समानताको युग भएको बताउँदै महिलाले पनि पुरुषले सरह समान अवसर प्राप्त गरेको खण्डमा महिला पनि मुलुकको नेतृत्वका लागि सक्षम रहेको विचार व्यक्त गरिन्। 
 
नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले पछिल्लो समय नारीको अध्ययन तथा सक्रियताका कारणले उनीहरु समाजको विभिन्न क्षेत्रमा योगदान गरिरहेको बताइन्। अहिले संविधानले प्रत्याभूत गरेको महिला सहभागिता कायम गर्नसकेमा ठूलो उपलब्धि हुने बताउँदै उनले भनिन्, “दक्षिण एसियाकी पहिलो महिलामन्त्री द्वारीका देवी ठकुरानीदेखि लिएर मङ्गलादेवी, शैलाजा आचार्यलगायत नारीको देशका लागि असाधारण योगदान छ ।” 
 
कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०की नेत्री अमृता थापामगरले समाजमा संविधान बराबरी भनेर वकालत गरिए पनि गर्वबाटै छोरालाई अंश दिने र छोरीलाई पराइको घर जाने त हो भन्ने विभेदकारी सोचाइको अन्त्य गर्नुपर्नेमा जोड दिइन्। “अबका नारीले मत हाल्ने मात्रै होइन, आफैँलाई चुन्ने अवस्थामा पुगेका छौँ” –उनले भनिन्। 
 
मधेसी मोर्चाकी नेत्री डिम्पलकुमारी झाले समाजमा चल्दै आएका पितृसतात्मक सोचका कारण महिलालाई अहिलेसम्म पनि उपेक्षा गरिएकामा चिन्ता व्यक्त गर्दै राज्यका हरेक निकायमा महिलाको सहभागिता न्यून रहेको बताइन् । महिलाको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्वमरण गर्दै विश्वव्यापी रुपमा यो दिवस बनाउने गरिन्छ । 
 
संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्मका लागि पारित गरेको दिगो विकासका लक्ष्यहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिदै यस वर्ष मनाउन लागेको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘बदलिंदो परिवेशमा कामकाजी महिला स् सन् २०३० सम्म बराबरी पाइला’ भन्ने रहेको छ । यो वर्षको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ रहेको छ । नेपाल सरकारले पनि यो दिवसलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । 
 
संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन १९०९ फेब्रुवरी २८ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थिट्यो । सो पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा सन् १९०९ फेब्रुवरी २८ का दिन महिला दिवस मनाउन थालियो । त्यहीबेला अमेरिकाको न्युयोर्क शहरबाट समान कामको समान ज्यालाको आन्दोलन भयो । 
 
सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा ग¥यो । त्यो सम्मेलनबाट अन्तर्राष्ट्रिय रुपमा मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो  ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ