arrow

प्रधानमन्त्रीसँगको मार्चाका नेताहरुको भेट, ५ बुँदे माग प्रस्तुत

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
morcha_prachanda_pmniwas.jpeg
काठमाडौं । प्रधानमन्त्रीसँग मधेशी मोर्चामा आवद्ध दलका नेताहरुको भेट भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मधेशी मोर्चाका नेताहरुले मंगलबार जारी गरेको विज्ञप्ती अनुसारकै ५ बुँदे माग प्रस्तुत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 
 
विहान साढे नौ बजेदेखि सुरु भएको वार्ता करिब एक घण्टा चलेको थियो । मोर्चाको माग पत्र बुझेपछि प्रधानमन्त्री दाहालले सरकारका साझेदार दलहरुसँग छलफल गरी मोर्चाको माग बारे थप निष्कर्षमा पुग्ने जनाएका थिए । 
 
मोर्चाले भने सातदिन भित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । सप्तरी घटनापछि सिर्जित परिस्थितिको समीक्षा गर्न प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए। बैठकमा मोर्चाका नेताहरुले बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्नुपर्ने, संविधान संशोधन विद्येयक अगाडि बढाउनुपर्ने, सप्तरी घटनाका दोषीमाथि कार्वाही हुनुपर्ने, घटनाका मृतकहरुलाई सहिद घोषणा, परिवारलाई राहत र घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने विषय समेटिएको ज्ञापन पत्रबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ