arrow

महोत्तरीमा किशोरीको रहस्यमय मृत्यु

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
mahottari 1.jpg.jpeg
काठमाडौं । महोत्तरीको पिपरामा बुधवार बिहान एक किशोरीको रहस्यमय मृत्यु भएको छ । महोत्तरीको पिपरा ५ बस्ने राजेन्द्र महासेठकी १७ वर्षीया छोरी काजलकुमारी महासेठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मंगलबार राति खाना खाएर सुत्न गएकी महासेठको सव बुधबार  बिहान  झुन्डिएको अवस्थामा उनी सुत्ने कोठाको छेउको अर्को कोठामा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले जानकारी दिए। 
 
किशोरीको घाँटीमा सलको पासो लागेको र  उनी आफ्नो सुत्ने कोठामा नभई छेउको कोठामा झुन्डिएको अवस्थामा फेला परेकाले किशोरीको मृत्यु रहस्यमय भएको भन्दै  प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ