arrow

पत्रकार महासंघ कञ्चनपुरको कार्य समितिमा सयुक्त प्यानल विजयी

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
mahasangkanchanpur.jpeg
कञ्चनपुर ।  पत्रकार महासंघ कञ्चनपुरको ९ औँ जिल्ला अधिवेशन तथा १७ औँ बार्षिक साधारण सभाबाट प्रेस सेन्टर नेपाल, प्रेस यूनियन र मिडिया नेपालको सयुंक्त प्यानल विजयी भएको छ । सयुंक्त प्यानलको अध्यक्षमा विष्णू दत्त अवस्थी विजयी भएका छन् ।
 
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीका अनुसार मंगलबार राती सम्पन्न मत गणनाबाट अवस्थी १३१ मत प्राप्त गरी आफ्ना प्रत्यासी सुरेश सिह धामीलाई २७ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । 
 
मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार खुला तर्फको उपाध्यक्षमा केशव सावद निर्वाचित भएका छन् । सावदले आफ्ना प्रत्यासी भवानी भट्टलाई ३१ मतले हराउदै उपाध्यक्षमा विजयी भएका हुन् । सावदले १३२ र भट्टले १०१ मत ल्याएका थिए । महिला उपाध्यक्षमा दुर्गा उपाध्यय निर्वाचित भएका छन् । उनले आफ्ना प्रत्सासी हेमन्ती चौधरीलाई २६मतले पछि पार्दै महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन् । सचिवमा अमर बहादुर चन्द निर्वाचित भएका छन् । चन्दले आफ्ना प्रत्यासी ज्ञानेन्द्र सिह महतालाई ४२मतले हराउदै सचिवमा निर्वाचित भएका हुन् । 
 
यस्तै खुल्ला सह–सचिवमा भारी मतले मोहन विष्ट विजयी भएका छन् । विष्टले आफ्ना प्रत्यासी भीमराज जोशीलाई ६५ मतले हराउदै सह–सचिवमा निर्वाचित भएका हुन् । समावेसी सह–सचिवमा संगिता शाही निर्वाचित भएका छन् । शाहीले आफ्ना प्रत्यासी धन बहादुर चौधरीलाई २९ मतले हराउदै समावेसी सह सचिवमा निर्वाचित भएका छन् । शाहीले १३१ र चौधरीले १०२मत ल्याएका थिए । यस्तै कोषाध्यक्षमा चुडामणी अर्याल विजयी भएका छन् । अर्यालले आफ्ना प्रत्यासी लक्ष्मण पन्तलाई ४मतले हराउदै कोषाध्यक्षमा विजयी भए । अर्यालले ११९ र पन्तले ११५मत ल्याएका थिए । 
 
यस्तै महिला सदस्यमा निर्मला बोहरा निर्वाचित भएका छन् । बोहराले आफ्ना प्रत्यासी सर्मिला कुमारी चौधरीलाई १८ मतले हराउदै महिला सदस्यमा निर्वाचित भए । बोहराले १२४ र चौधरीले १०६ मत ल्याएका थिए । यस्तै दलित सदस्यमा सुरेन्द्र पाल्पाली निर्वाचित भएका छन् । उनले आफ्ना प्रत्यासी पुष्पा विकलाई २५ मतले हराउदै दलित सदस्यमा निर्वाचित भए । 
 
यस्तै खुल्ला सदस्य तर्फ सार्वधिक मत ल्याएको ईश्वर दत्त बडू निर्वाचित भएका छन् । उनले १३७मत ल्याएका थिए । सदस्यहरुमा कुन्दन पाण्डे (१३३), भाष्कर केसी (१३६), धनन्जय अवस्थी (१३०), धर्मराज कठायतले ११८ मत ल्याएका थिए । रञ्जित लामा, बासुदेव धामी र बासुदेव भट्ट (११३) मत ल्याएका थिए ।
 
 समावेसी सदस्यमा भने जनजाति तर्फ पहिलाद राना र मधेशी तर्फ रामदास राना निर्विरोध निर्वाचित भएका थिए । भने ३४ जना प्रदेश पार्षद पनि निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत  जोशीले जानकारी दिएका छन् । यसैगरी २० खुल्ला र ६ महिला गरी २६ केन्द्रीय पार्षदका लागि ४५ जनाले उमेदवारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ