arrow

गोलीकाण्ड पछिको सप्तरी : एमाले भयभीत, मोर्चा संयमित

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
banda_siraha.jpeg
सप्तरी । सोमबार सप्तरीमा मधेशी मोर्चाले एमालेको कार्यक्रम अवरोध गर्न खोज्दा भएको गोलीकाण्डपछि र अघि समेत गरेर झण्डै एक सातादेखि तराईको जनजीवन सामान्य बन्न सकेको छैन । अझै पनि मोर्चाका कार्यकर्ताहरुले सप्तरीमा प्रदर्शन गरिरहेका छन् भने तोडफोडका घटनाहरुपनि फाट्टफुट्ट समाचारको रुपमा आउने गरेको छ ।
 
बुधबार मात्रै पनि मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, एमाले केन्द्रीय सदस्य सुमन प्याकुरेल लगायतको घरमा तोडफोड गरेका छन् । यसले मधेशी मोर्चा आक्रामक बन्न थालेको हो कि भन्ने आशंका पनि उठ्न सक्छ । तर, केही कार्यकर्ताहरुको उच्छृङ्खल प्रवृत्ति बाहेक मोर्चाले सप्तरी आन्दोलनमा संयमता देखाएको छ । सम्भावित दूर्घटना हुने क्षेत्रमा पहिले व्यक्तिको घरमा क्षतिपुगेको प्रति आफूहरु पनि दुखी रहेको बताएका थिए । 
 
मंगलबार घटनाको छानविन गर्न पुगेका मानवअधिकार सुजित पोखरेललाई मोर्चाका नेताहरुले नै कार्यकर्ताको आक्रोश बढ्नसक्ने भन्दै तत्कालको लागि आन्दोलन स्थलमा नजान आग्रह गरेर फर्काएका थिए । मोर्चाका नेताहरुले मोर्चाको आन्दोलनको बाहानामा अतिवाद घुस्न सक्ने भन्दै संयमता अपनाएको जनाएको छ । तर, यत्ति हुँदाहुँदै पनि केही तोडफोडका घटनाहरु भने भईरहेको छ । 
 
एमाले भयभीत
उता, गोलीकाण्डपछि एमालेका नेताहरु भने अहिले बाहिर निस्कन सकेका छैनन् । मोर्चाले आक्रमण गर्नसक्ने भन्दै उनीहरु आफैं घरबाट बाहिर निस्किएका छैनन् । तर मोर्चाले भने साम्प्रदायिक रुपमा व्यवहार गरेको पाईएको छैन । किनभने सप्तरीमा अहिले पनि पहाडी मूलका व्यक्तिहरु समेत निष्फिक्री हिँडिरहेका छन् भने मोर्चाले त्यस्तो निशानामा पारेर कुनै राजनीतिक दल, त्यसका नेता र प्रहरी माथि समेत आईनलागेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ