-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मौन छु भनेर कमजोर नठान,
म भित्र हजारौँ आँधीहरू थामिएको छ।
म मुस्कुराएँ भनेर खुसी नै छु भन्ने होइन,
यो मुस्कानभित्र अनगिन्ती पीडाहरू लुकेको छ।
कहिले आफ्नैले धोका दिए,
कहिले समयले साथ छोड्यो।
तर मैले हारको अगाडि घुँडा टेकिनँ,
किनकि मेरो सपना अझै जिउँदो थियो।
मलाई थाहा छ,
सफलताको शिखरमा पुग्ने बाटो
फूलले होइन, काँडाले भरिएको हुन्छ।
त्यसैले त म घाइते पाइला लिएर पनि
अझै अघि बढिरहेकी छु।
रातभर आँसु झारेका आँखाहरूले
बिहान नयाँ सपना देख्न छोडेनन्।
भाग्यले ढोका बन्द गरिदिँदा पनि
मेहनतले अर्को बाटो खोज्न छोडेन।
आज म संघर्षको बीचमा छु
तर निराशाको बीचमा छैन।
किनकि मलाई विश्वास छ
हरेक अँध्यारो रातपछि
उज्यालो बिहान अवश्य आउँछ।
एक दिन समय आफैँले भन्नेछ
यो त्यही मान्छे हो
जो हजार चोट खाएर पनि टुटेन
हजार पटक लडेर पनि उठ्न छोडेन।
किनकि संघर्ष मेरा लागि पीडा होइन
मेरो पहिचान हो।
संघर्ष मेरा लागि बाध्यता होइन
मेरो सफलताको आधार हो।
जिन्दगीले जति दुःख दिए पनि सहेर हिँड्नेछु
आँधीले जति रोक्न खोजे पनि अघि बढ्नेछु।
किनकि मैले सपनासँग वाचा गरेकी छु
हारेर होइन, जितेर फर्किनेछु।