arrow

मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
ramesh-rai.jpg

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ।

लेखक राईद्वारा लिखित अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ का लागि उनलाई यस वर्षको प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत गरिएको हो। आइतबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बिच उनलाई उक्त पुरस्कार हस्तान्तरण गरियो।

फाउन्डेसनले जननेता मदनकुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उनीसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको बताए।

पुरस्कृत व्यक्तित्व राई इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा हुन्। उनी लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय रहँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ