arrow

राप्रपाबाट एमालेले सिकोस् !

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
cpnuml_RPP.png
काठमाडौं । सोमबार सप्तरीमा नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा भएको गोलीकाण्डपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो मेची महाकाली एकता यात्रा स्थगित गरेको छ । सोमबार प्रवक्ता भुवन पाठकले विज्ञप्ती जारी गदृै मुलुकको विद्यमान अवस्था अनुसार चल्नुपर्ने र अहिलेको अवस्थामा एकता यात्रा जारी राख्नु उपयुक्त नरहेको राप्रपाले जनाएको छ । 
 
राप्रपाले एमालेको कार्यक्रममा भएको दुखद् घटनाबाट पाठ सिकेर यात्रा स्थगित गरिरहँदा जसको कार्यक्रमको विषयलाई लिएर यत्रो घटना भयो उही पार्टी नेकपा एमालेले भने अभियान नरोकेको भन्दै आलोचना सुरु हुन थालेको छ । एमालेले आफ्नो ३ दिन स्थगित मात्रै गरेको भन्दै फागुन २७ गतेदेखि आफ्नो अभियानलाई निरन्तरता दिने तयारी गरेको छ । 
 
एमालेले २ नं प्रदेशको कार्यक्रम भने स्थगित गरेको छ । जे भएपनि यस्तो तनावग्रस्त स्थितीमा अभियान सञ्चालन गरेको भनेर एमालेले राप्रपाबाट राजनीतिक जिम्मेवारीपन सिक्नुपर्ने चर्चा समेत चल्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ