arrow

सप्तरी घटनाको भण्डाफोर गर्न एमालेले बृहत् भेला गर्दै

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
cpnuml.jpeg
काठमाडौँ । नेकपा एमालेले सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेला गर्दैछ । बुधबार महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्धमा कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको भण्डाफोर गर्न भेला आयोजना गर्ने देशभरका सबै जिल्लामा जिल्ला आमसभाको आयोजना गर्ने समेत निर्णय गरेको ।  प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 
 
राजधानीमा हुने भेलामा काठमाडौँ उपत्यकाभित्र रहेका पार्टी सदस्यहरु, मोर्चा÷ सङगठनका सदस्य र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन समेत  दिइएको छ । बैठकले एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कार्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ