arrow

सप्तरी घटनामा ज्यान गुमाएकाको परिवारलाई १० लाख, जाँचबुझ आयोग गठन गर्ने

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
cabinet_25falgun.jpeg
काठमाडौं । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले सप्तरी घटनाको विषयमा समीक्षा गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
 
बैठकले सप्तरी घटनामा परी मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकका परिवारजन दश लाख रुपैयाँ राहत र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ ।  बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
 
बुधबारको  बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
 
बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ