टी–२० महिला विश्वकपमा बंगलादेशले हरायो नेदरल्याण्ड्सलाई
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
303
Shares
काठमाडौँ । इङ्गल्याण्डमा जारी टी–२० महिला विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्याण्ड्सलाई हराएको छ ।
बर्मिङ्घममा भएको खेलमा बंगलादेश ६ विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा १३९ रन बनायो ।
कप्तान बाबेट्टे डे लीडेले ५० रन बनाइन् । जवाफमा बंगलादेशले ५ बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर जुआरिया फेर्दोषले ५० तथा शर्मिन अक्तरले अविजित रहँदै ३७ रन बनाइन् ।