arrow

प्रमुख तीन दलका शीर्ष नेताको बैठकः सप्तरी घटनापछि राजनीतिक उतारचढाव

मेची–महाकाली अभियान रोक्न एमालेले मानेन

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
3-dal-flag.jpeg
काठमाडौँ । सोमबार सप्तरीमा भएको घटनालगायत समसामयिक राजनीतिक विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बुधबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, सरकारमा सहभागी नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा सप्तरी घटनापछिको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 
 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सप्तरी घटनापछि मधेसी मोर्चाको आन्दोलन र ज्ञापनपत्रबारे दुई दललाई जानकारी गराएका थिए । 
 
प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार भएको घटनापछि मधेसमा असहज परिस्थिति सिर्जना भएको भन्दै तत्कालका लागि मेची–महाकाली अभियान स्थगित गर्न एमालेलाई अपिल गरेको प्रेस सल्लाहकार आचार्यले बताए । 
 
सो अवसरमा नेकपा एमालेका नेताले सप्तरीमा गरेको कार्यक्रममा षड्यन्त्र भएको भन्दै अभियान अवधिभर सुरक्षाको माग गरेका थिए । 
 
बैठकमा ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री विमलेन्द्र निधि, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 
 
बुधबारै नेकपा एमाले नेतृत्वले प्रधानमन्त्री दाहाललाई भेटी सप्तरी घटनाबारे न्यायिक छानबिन गर्न माग गर्दै हिंसात्मक घटना हुनुमा आफ्नो पार्टीको कुनै हात नरहेको स्पष्ट पारेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ