arrow

विश्व शान्तिको सन्देश फैलाउन भियतनामी भिक्षुहरू काठमाडौँमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
monks-vietnami-world-peace.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको टोली काठमाडौँमा रहेको छ । 

टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि रहेको छ। भारतमा ३४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म करिब ३७ सय किलोमिटर खाली खुट्टा शान्ति पदयात्रा सम्पन्न गरेको टोलीले युद्ध र हिंसाबाट प्रभावित विश्वमा शान्तिको सन्देश फैलाउने उद्देश्य राखेको जनाएको छ।

गत सोमबार काठमाडौँ आइपुगेको टोलीले यहाँ बसाइका क्रममा बौद्ध, स्वयम्भू लगायतका बौद्ध तीर्थस्थलहरूको दर्शन गर्ने तथा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ।

भन्ते पन्ना काराले बुद्धका शिक्षा, ध्यान र करुणाको अभ्यासमार्फत मानिसले आफ्नो अन्तरमनमै शान्ति खोज्न सक्ने बताउँदै काठमाडौँबाट पनि विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको उल्लेख गरेका छन्।

wold-peace-vietnami-monks (2).jpg
wold-peace-vietnami-monks (3).jpg
wold-peace-vietnami-monks (4).jpg
wold-peace-vietnami-monks (5).jpg
wold-peace-vietnami-monks (6).jpg
wold-peace-vietnami-monks (7).jpg
wold-peace-vietnami-monks (8).jpg
wold-peace-vietnami-monks (9).jpg
wold-peace-vietnami-monks (10).jpg
wold-peace-vietnami-monks (11).jpg
wold-peace-vietnami-monks (12).jpg
wold-peace-vietnami-monks (13).jpg
wold-peace-vietnami-monks (14).jpg
wold-peace-vietnami-monks (15).jpg
wold-peace-vietnami-monks (16).jpg
wold-peace-vietnami-monks (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ