काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहोना अनसारी सवार गाडीमा मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन्।
बिहिबार मोर्चाका कार्यकर्ताले अनसारी चडेको बा ७ च ७४७९ नम्वरको गाडी सप्तरीको मलेठमा आगजनी गरेका हुन्न। अनिस्चीतकालिन सप्तरी बन्द गरेको मोर्चाले राजविराजस्थीत भुमिसुधार कार्यलयमा समेत आगजनी गरेको सप्तरीबाट पत्रकार संजीव बिक्रम शाहले जानकारी दिए।
सप्तरीमा प्रहरीको गोलि लागि आफ्ना कर्यकर्ताको मृत्यु भएको भन्दै विभिन्न माग राख्दै मोर्चाले अनिस्चीत कालिन सप्तरी बन्दको आव्हान गरेको छ। बन्दले सप्तरीको जनजिवन समेत अस्तब्यस्त वन्दै छ।