arrow

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

हालसम्म झण्डै १३ लाख प्रतिष्ठान सहभागी, विवरण बुझाउन तीन दिन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
Statistics_Bureau_tathyanka.jpg

काठमाडौँ । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यही असार ३ गतेसम्म देशभरका १२ लाख ९८ हजार व्यावसायिक प्रतिष्ठानहरू यस गणनामा सहभागी भइसकेका छन्।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार गत वैशाख २ गतेदेखि सुरु भएको यो राष्ट्रिय गणना अभियान आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय आर्थिक गणना अहिलेसम्म उल्लासपूर्ण माहोलमा भइरहेको जानकारी दिँदै उनले अभियान सकिन अब तीन दिन मात्रै बाँकी रहेकाले गणनामा छुटिसकेका अन्य प्रतिष्ठानहरूलाई पनि तत्काल सहभागी हुन अनुरोध गरे।

प्रवक्ता लामिछानेले राष्ट्रिय तथ्याङ्क कार्यालयबाट देशभर खटिएका ३ हजार ९०६ जना गणकहरूलाई आवश्यक पर्ने सही तथ्याङ्क उपलब्ध गराउन सबैमा आह्वान गरे। कार्यालयले ‘कोही पनि प्रतिष्ठान/व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ भन्ने नाराका साथ यस अभियानलाई अगाडि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ