आयोग दोस्रो विज्ञप्ती : अनुगमन कार्यमा अवरोध नगर्न आग्रह
प्रकाशित २०७३ फागुन २६ बिहिबार
971
Shares
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र अनुगमन कार्यमा अवरोध भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, मानव अधिकारको संरक्षण र सम्बद्र्धनको संवैधानिक जिम्मेवारी पाएको राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्र अनुगमन कार्यमा विगत केही समयदेखि अवरोध हुँदै आएका घटनाहरू प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
मधेशमा भइरहेको आन्दोलनको अनुगमनका क्रममा आन्दोलनकारीले मंसिर १७ गते सर्लाहीमा बा.७ च. ७४७६ को गाडीमा आगजनी गरेको, र फागुन २४ र २६ गते आयोगको अनुगमन टोलीले प्रयोग गरेका बा.७ च. ७४७३ र बा.७ च. ७४७९ नम्बरका सवारी साधनमाथि सप्तरी जिल्लामा भएका तोडफोडका घटनालाइ लिएर आयोग स्तब्ध भएको बताएको छ ।
लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले तोडफोड र आगजनि जस्ता घटना नदोहोरिने र आयोगले निर्वाध रुपमा अनुगमन गरिदिन भनी प्रतिबधता जनाए पनि पुन आयोगको काममा अवरोध गरेको र आयोगका प्रवक्ता मोहना अन्सारी नेतृत्वको टोली चडेको गाडीमा तोडफोड समेत गरेको छ । आयोगको अनुगमन टोली माथि आक्रमण गरी सवारी साधन समेत तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारवाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।