arrow

अर्थमन्त्री वाग्ले हेटौँडा जाने भएपछि सुरक्षा व्यवस्था कडा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
hetauda-surakchya.jpg

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज हेटौँडा जाने कार्यक्रम तय भएपछि स्थानीय सुरक्षा व्यवस्थालाई चुस्त र कडा पारिएको छ। नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको आफ्नै नवनिर्मित भवनको भव्य उद्घाटन तथा शुभारम्भ समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन अर्थमन्त्री वाग्ले हेटौँडा जान लागेका हुन्।

अर्थमन्त्रीको यस भ्रमणलाई विशेष ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित सुरक्षा निकायहरूले एकीकृत सुरक्षा योजनासहित आवश्यक प्रबन्ध मिलाएका छन्। कार्यक्रमस्थल र त्यसको आसपासका संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको तैनाथी बढाउनुका साथै विशेष निगरानी सुरु गरिएको सुरक्षा स्रोतले जनाएको छ।

नेपाल बैंक लिमिटेडको यस नयाँ र आधुनिक भवनबाट नयाँ ऊर्जाका साथ बैंकिङ सेवा सुरु भएसँगै हेटौँडा क्षेत्रको वित्तीय कारोबार थप व्यवस्थित, छिटो–छरितो र सेवाग्राहीमैत्री हुने बैंक व्यवस्थापनले विश्वास लिएको छ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, बैंकका उच्च तहका पदाधिकारीहरू, हेटौँडाका प्रतिष्ठित उद्योगी–व्यवसायी तथा सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहने बताइएको छ। अर्थमन्त्री डा. वाग्लेको उपस्थितिमा हुन लागेको यस कार्यक्रमलाई हेटौँडाको समग्र आर्थिक चलायमान र बैंकिङ क्षेत्रको विकासका लागि एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ