arrow

नेपालीले भारत टेक्न मानेनन्, भारतीय पनि आएनन् : वार्ता दशगजामा

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७३ फागुन २६ बिहिबार
ssb.jpg.jpeg
काठमाडौं। बिहीबार भएको घटनाको विषयमा नेपाल र भारतबीच दशगजामा बैठक जारी रहेको छ । दुबै पक्षले अर्काेको भूमिमा जान नमानेपछि दशगजामा बैठक बसेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । 
 
नेपालबाट स्थानीय प्रशासनको तर्फबाट प्रजिअ खनालसहित, सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवर, सशस्त्रका एसपी इन्द्रराज कार्की, अनुसन्धानका नन्दकुमार धिताल, जनपथका एसपी प्रकाश बहादुर चन्द सँगै सम्पूर्ण राजनीतिक दलका नेताहरुको संलग्नता रहेको छ । 
 
उनीहरु उच्च सुरक्षा सतर्कताका साथ बैठकका लागि गएका थिए । झण्डै डेड दर्जन हतियार सहितको प्रहरी फौजका साथ गएको नेपाली टोलीले भारतीय भूमिमा वार्ता गर्न नमानेपछि दुबै पक्ष नेपाल र भारतको सीमानामा रहेको दशगजाको खुल्ला ठाउँमा बसेर वार्ता गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ