arrow

कञ्चनपुरमा भारतीयहरु निशानामा, आक्रमण हुनथालेपछि प्रहरीले गरायो सचेत

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७३ फागुन २६ बिहिबार
kanchanpur_jhadap_1.jpeg
कञ्चनपुर । स्थिती तनावग्रस्त बन्दै गएपछि स्थानीय प्रहरीले कञ्चनपुरमा भारतीय नागरिकलाई सडकमा ननिस्कन सचेत गराएको छ । स्थानीय प्रहरीले बिहीबार साँझ सूचना जारी गर्दै भारतीय नागरिक र भारतीय सवारी साधनहरु स्थानीयको आक्रमणको निशानामा पर्नसक्ने भन्दै सडकमा ननिस्कन सचेत गराएको हो ।  प्रहरी नायव उपरीक्षक नैन सिंह कार्कीले बिहीबार साँझ सूचना जारी गर्दै सचेत गराएका हुन् । 
 
कञ्चनपुरमा संयुक्त विद्यार्थीहरुले आन्दोलन गरी मृतकलाई शहीद घोषणा गर्न तथा सीमा सुरक्षाको लागि सीमामा सशस्त्र प्रहरी बल तैनाथ गर्नको लागि माग गर्दै महेन्द्रनगरमा मशाल जुलुस गरेका छन् । उनीहरुले भारतीय हस्तक्षेप विरुद्ध चर्काे नाराबाजी पनि गरेका छन् । 
 
प्रहरीले जारी गरेको सूचनामा कञ्चनपुर पुनर्वास न.पा.वा.न.८ आनन्द बजार स्थित नेपाली पक्षबाट निर्माण गरिएको कल्भर्ट भारतीय भुमीमा पर्ने भनि भएको बिवादमा भारतीय स्थानीय, भारतीय एसएसबी  र नेपाली पक्षबीच झडप हुँदा भारतीय एसएसबीले गोली फायर गरेको पुष्टि गरेको छ । 
 
कार्यालयले उक्त गोली लागि पुनर्वास न.पा.८ बस्ने २५ वर्षीय गोबिन्द गौतम घाईते भई उपचारको क्रममा धनगढी स्थित अस्पतालमा मृत्यु भएको बिषयलाई लिएर नेपाली पक्षहरु आक्रोशित भएकोले सम्भावित आक्रमणबाट बच्न कामको सिलसिलमा नेपालमा रहेका भारतीय व्यक्तिहरु तथा सवारी साधनहरुलाई अवस्था सामान्य नहुन्जेलसम्म सजग एवं सुरक्षित रहन सचेत गराएको छ । प्रहरीले स्थिती सामान्य नहुन्जेल भारतीयहरुलाई विनाकाम बाहिर ननिस्कन पनि भनेको छ । 
 
उक्त घटनामा ज्यान जाने नेपाली नेकपा माओबादी केन्द्रको कार्यकर्ता समेत रहेको खुलेको छ । महेन्द्रनगरमा भएको मशालजुलुसमा नेपाल विद्यार्थी संघ, तीनवटै माओवादीका विद्यार्थी संघहरु र अखिल छैटौं समेत रहेका छन् । एमाले निकट अनेरास्ववियुले भने पार्टीले नै विरोधको कार्यक्रम गरेकोले मसाल जुलुसमा संलग्न नभएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ