arrow

तोलामा १४ सय बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबारको तुलनामा सुनको भाउ तोलामा एक हजार चार सय र चाँदीको ४० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८७ हजार तीन सय रुपैयाँ रहेको थियो ।

यता, आइतबार चार हजार छ सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार बढेर चार हजार सात सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ