arrow

बन्द सफल बनाउन मोर्चाद्वारा वीगन्जमा मशाल जुलुश

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
morcha-masal-2017.jpeg
वीरगन्ज। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वानमा शुक्रबारको एक दिने नेपाल बन्दलाई सफल बनाउन आज मोर्चा पर्साले वीरगन्जमा मशाल जुलुश प्रदर्शन गरेको छ। सप्तरी घण्टाका दोषिलाई कार्यवाहीको माग गर्दै मधेसी मोर्चाले आह्वान गरेको बन्दलाई सफल बनाउन मोर्चाका नेता कायकर्ताहरुले वीरगन्जको घण्टा घर चोकबाट मशाल जुलुश निकाले हुन।
 
मोर्चामा आवद्ध दल संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको नेतृत्वमा घण्टा घर चोकबाट निकालिएको मशाल जुलुश नगरको विभिन्न भाग परिक्रमा गरी घण्टा घर चोकमै पुगी कोणसभामा परिणत भएको थियो।  कोणसभालाई सम्बोध गर्दै अध्यक्ष यादवले सप्ती घटनाका दोषिलाई अविलम्ब कार्यवाही गर्न सरकारसंग माग गरे। उनले  मधेसमा एमाले विरुद्ध जनता रहेको जानकारी हुँदा हुँदै मधेस विरोधी एमालेका नेताले मधेसी जनताको हत्या गराउन सुनयोजित योजना अन्तरगत मेची-महाकाली अभियान संचालन गरेको आरोप लगाए। 
 
मधेसीलाई अधिकार सम्पन्न भएको देखन नचाहने एमालेले संविधान सभामा दर्ता रहेको संशोधन प्रस्ताव फेल गरी देखाउन अध्यक्ष यादवले चुनौति दिए। उनले शुक्रबारको बन्दलाई सफल बनाउन उद्योगि व्यपारी, यातायातकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई आग्रह गरे। 
 
मोर्चाले निकालेको मशाल जुलुशमा फोरम नेपालका केन्द्रिय सदस्य करिमा बेगम, विरेन्द्र यादव,  सद्भावना पार्टीका जिल्ला अध्यक्ष इमदाद गद्दी, तमलोपाका रंजन मिश्रा, शशिकपुर मिया, तमसपाका विरेन्द्र यादव, फोरम (गणतान्त्रिक)का जिल्ला अध्यक्ष मोस्तकिम अंसारी लगायतकाको उपस्थिती रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ