arrow

स्याङ्जाका तीनै क्षेत्रका भेला सकियो

निर्वाचन हुन्छ, ढुक्क हुनुहोस : श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन २६ बिहिबार
syangja.jpg.jpeg
स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले तीन ओटै क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न गरेको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि संगाठानिक संरचनाको बारेमा के कस्तो छ भन्ने उदेश्यका साथ काँग्रेसले क्षेत्रिय भेला आयोजना गरेको हो । 
 
जिल्लाको क्षेत्रिय भेलाका लागि नेपाली काँग्रेसले केन्द्रिय सदस्य उमाकान्त चौधरीलाई केन्द्रिय प्रतिनिधिको रुपमा पठाएको थियो । क्षेत्र नं. ३ र २ ले क्षेत्रिय भेला सम्पन्न गरीसकेका छन् भने क्षेत्र नं. १ ले बिहिवार स्याङ्जा सदरमुकाम पुतलीबजारमा सम्पन्न गरेको छ । भेलालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य, सांसद एवं पुर्व मन्त्री गोपालमान श्रेष्ठले तोकिएकै समयमा निर्वाचन गर्नु पर्ने बताउदै स्थानीय नेता तथा कार्यकर्तालाई आजैदेखि चुनावी अभियानमा जुट्न आग्रह गरेका छन् ।
 
 आउदो माघ ७ भित्र ३ वटै तहको निर्वाचन सम्पन्न गर्न सबै राजनतिक दलहरु एकजुट हुनुपर्ने बेला आएको नेता श्रेष्ठको भनाई छ । संक्रमकालीन अवस्थाको अन्त्यका लागि दलहरु एकै ठाउँमा उभिनुको विकल्प नरहेको क्षेष्ठको भनाई छ । सांसद श्रेष्ठले स—साना मसिना कुरामा अल्झिने समय नभएकोमा जोड दिदै सबै कार्यकर्ताहरुलाई चुनावी माहोलमा लाग्नपनि श्रेष्ठले आग्रह गरे ।
 
कार्यक्रममा  पूर्व मन्त्री एवं केन्द्रीय सदस्य उमाकान्त चौधरीले स्याङ्जा काँग्रेसको उर्वरभुमी भएको बताएका छन् । आउने निर्वाचनमा कुनै गुट उपगुटको पगरी नगुथेर काँग्रेसलाई जिताउन चौधरीले स्याङ्जा बासीलाई आग्रह गरे । 
 
कार्यक्रममा सभापति एवं सांसद कमलप्रसाद पंगेनी, सांसद राजु थापा, जिल्ला सचिव कुमार राना, कोषाध्यक्ष प्रेमराज पौडेल, महासमिति सदस्यहरु गोबिन्द रानाभाट, हिरादेवी शर्मा र देवी अर्याल, महाधिवेशन प्रतिनिधीहरु दिपक लम्साल, प्रेमराज पौडेल, देवेन्द्र गुरुङ र भुमा पाण्डे, नेता तारापति सुवेदी, महिला संघका अध्यक्ष कल्पना तिवारी, शिक्षक संघका केन्द्रीय सदस्य भरत लम्साल, महिला संघका केन्द्रीय सदस्य निर्मला लम्साल, जिल्ला सदस्यहरु चन्द्रकान्त पोखरेल र तारा मल्ल, नगर सभापति वेदप्रसाद दोरंगा, प्राध्यापक डा. यामबहादुर पौडेल क्षेत्री लगायतका बक्ताहरुले काँग्रेसमा देखिएको गुट—उपगुटको अन्त्य केन्द्रबाट शुरु गर्नुपर्नेमा जोड दिएका थिए । 
 
हाम्रा मान्छे भन्दा पनि राम्रा र संगठनलाई बलियो बनाउने व्याक्तिको खोजी गर्नुपर्ने बेला काँग्रेसमा आएको भन्दै बोल्ने बक्ताहरुले यसका लागि काँग्रेसले आजै देखि राम्राको खोजी गर्न आग्रह गरे । क्षेत्रीय सभापति तुलसीराम रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति जनकराज खनालले स्वागत एवं सचिव राजकुमार श्रेष्ठले संचालन गरेका थिए । भेलामा २१ गाविस सहित पुतलीबजार नगरपालिकाका अध्यक्ष, सचिव सहित क्षेत्रीय प्रतिनिधीहरुको सहभागिता थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ