एमाले उपाध्यक्ष पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
200
Shares
काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेर सुर्खेतबाट काठमाडौँ ल्याइएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।
सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई बाँके हुँदै स्थलमार्गबाट मंगलबार मध्यान्ह ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको हो ।
विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि उनलाई विशेष अदालतमा उपस्थित गराइएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
अपर्झट यसरी पार्टीको कार्यक्रममा गएका बेलामा पक्राउ गरिएपछि एमालेले आपत्ति जनाएको छ ।