arrow

[अपडेट] जाजरकोट बस दुर्घट्ना: मृत्यु हुनेको संख्या २६ पुग्यो, घाईतेहरुलाई सुर्खेत-नेपालगञ्ज लगिंदै

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
Jajarkot-hamrakura.jpg.jpeg
जाजरकोट। सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस आज दुर्घटनामा पर्दा २६ यात्रुको निधन भएको छ । 
 
मृत्यु हुनेहरुमा १९ जनाको घट्नास्थलमा मृत्यु भएको थियो । त्यसैगरि ७ जनाको उपचारको क्रममा जाजरको अस्पतालमा मृत्यु भएको हो। 
 
दुर्घट्नाका घाईते मध्य ८ जनाको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ। त्यसैगरि १० जनाको अवस्था गंभिर भएकोले सुर्खेत-नेपालगंज लगिएको छ। थप २९ जनालाई पनि सुर्केत-नेपालगञ्ज लाने प्रयास जारी रहेको छ। 
 
सुर्खेत र नेपालगञ्जका अस्पतालहरुमा बिशेषज्ञ डाक्टरहरु सहितको स्वास्थ्यकर्मीको टोली तैयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्री गगन थापाले सामाजिक संजाल ट्विटर मार्फत जानकारी गराएका छन्। 
 
भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा एकचालिस जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ । 
 
त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ । बस ४०० मिभन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ