arrow

कोलम्बिया विश्वकपको नकआउट चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
wcf-2026-columbia-drcongo.jpg

काठमाडौँ । कोलम्बिया विश्वकप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ । समूह चरणको दोस्रो खेलमा डीआर कंगोमाथि १–० को जितसहित लगातार दोस्रो सफलता हात पार्दै कोलम्बिया अन्तिम ३२ मा पुगेको हो । 

खेलको ७६ औँ मिनेटमा डानियल मुनोजले गरेको गोल नै कोलम्बियालाई जिताउन निर्णायक बन्यो । 

यो खेलको नतिजासँगै समूह केको पोर्चुगल पनि अर्को चरणमा पुगेको छ । 

दुई खेलबाट कोलम्बियाको ६ अंक छ । पोर्चुगलको चार तथा कंगोको एक अंक छ । उज्वेकिस्तानलाई पराजित गरेसँगै पोर्चुगल पनि अर्को चरणमा लगभग पक्का भएको हो । 

समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोलम्बिया भिड्ने छन् । 

कंगोले उज्बेकिस्तानसँग खेल्नेछ । कंगोको १ तथा उज्बेकिस्तानको अंक छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ