दक्षिण कोरिया र दक्षिण अफ्रिकाबीचको खेल जारी, मध्यान्तरसम्म बराबरी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
213
Shares
काठमाडौँ । विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा दक्षिण कोरिया र दक्षिण अफ्रिका भिडिरहेका छन् । मध्यान्तरसम्मको खेल बराबरीमा सकिएको छ ।
खेल गोलरहित बराबरीमा सकिएको हो । कोरियाले ६० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल भने गर्न सकेको छैन ।
कोरियाले गोलका लागि एउटामात्र बल प्रहार गर्न सक्यो । यद्यपि तुलनामा दक्षिण कोरियाले तीन ओटा प्रहार गरिसकेको छ ।
यो समूह ए को खेल हो । यो समूहमा चेक गणतन्त्र र मेक्सिको रहेका छन् । मेक्सिको लगातार दुई जितसहित यसअघि नै अन्तिम ३२ मा पुगिसकेको छ । अहिले जारी खेलमा भने मेक्सिको र चेक गणतन्त्रले गोलरहित बराबरी खेलेका छन् ।