-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा सहआयोजक मेक्सिको र चेक गणतन्त्र भडिरहेका छन् । मध्यान्तरसम्मको खेल बराबरीमा सकिएको छ ।
खेल गोलरहित बराबरीमा सकिएको हो । मेक्सिकोले ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल भने गर्न सकेको छैन ।
मेक्सिकोले गोलका लागि एउटामात्र बल प्रहार गर्न सक्यो । यद्यपि तुलनामा कमजोर देखिएको चेकले गोलका लागि एउटा पनि प्रहार गर्न सकेको छैन ।
यो समूह ए को खेल हो । यो समूहमा दक्षिण कोरिया र दक्षिण अफ्रिका पनि रहेका छन् ।
मेक्सिको लगातार दुई जितसहित यसअघि नै अन्तिम ३२ मा पुगिसकेको छ । मध्यान्तरपछिको नतिजाले बाँकी टिमको अन्तिम ३२ को स्थान निर्धारण गर्नेछ ।