दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको ‘नकआउट’ मा, दक्षिण कोरिया पराजित
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
203
Shares
काठमाडौँ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियामाथि १–० को जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो ।
अफ्रिकालाई कीर्तिमानी जित दिलाउने क्रममा खेलको ६३ औँ मिनेटमा थापेलो मासेकोको निर्णायक गोल गरे ।
उनले शेपाङ मोरेमीको पासमा गोल गरेका हुन् । एक मिनेट अगाडिमात्र मैदानमा छिरेका मोरेमी टिमका लागि ‘लक्कि’ सावित भए ।
यो जितसँगै ४ अंकबाट दक्षिण अफ्रिका दोस्रो हुँदै नकआउटमा पुगेको हो भने कोरियाको ३ अंक छ । कोरिया अर्को चरणमा पुग्ने सम्भावना रहे पनि बाँकी खेलको नतिजा कुर्नुपर्नेछ ।
१२ ओटा तेस्रो हुने टिममध्ये सबैभन्दा बढी अंकका आधारमा आठ टिममात्र अर्को चरणमा पुग्नेछन् ।
यो समूहबाट सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बन्दै अर्को चरण पुगेको छ भने १ अंकको चेक गणतन्त्र बाहिरिएको छ ।