काठमाडौं । सप्तरीमा गत सोमबार भएको घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आव्हान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा सवारी साधन तुलनात्मक रुपमा कमै गुडेका छन् । विद्यालय भने त्रासकै कारण बन्द गरिएका छन् ।
तर तराईका जिल्लामा भने सवारी साधन चलेका छैनन् । सोमबार सप्तरीमा प्रहरीको गोलीबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्द आव्हान गरेको हो । घटनापछि सप्तरी जिल्ला निरन्तर रुपमा बन्द छ ।
सरकारले सप्तरी घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत रकम दिने, न्यायिक छानबिन आयोग गठन गर्ने र घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरे पनि गठबन्धनले मृतकलाई सहिद घोषणा र दोषीमाथि कारबाहीको थप माग गर्दै आन्दोलन गरेको हो ।