arrow

जाजरकोट बस दुर्घटनाः मृतक २६ मध्ये २० को सनाखत, घाइतेको उपचार हुँदै, केही गम्भीर

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
jajarkot-accident-bus.jpeg
जाजरकोट । जाजरकोटमा बिहीबार अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । १५ जनाको घटनास्थलमा र ११ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
 
मृतकमध्ये २० जनाको मात्र सनाखत भएको छ । लहँ गाविसका रामबहादुर बस्नेत, साल्मका नन्दलाल जैसी, सीमाका मदन पुन, भेरीमालिका नगरपालिकाका सन्तोष राना, गोपाल सुनार, शर्मिला सुनार, नविन चन्द, गणेश बोहरा, सन्त सुनार, दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–११ गोप्ला सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका नगरपालिका–८ का चैते खत्री, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा, भेरीपालिका नगरपालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा  र गर्खाकोट २ का हरिबहादुर शाहीको सनाखत भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
 
 
सदरमुकाम खलंगाबाट खारातर्फ गईरहेको ना ३ ख २२७९ नम्बरको बस भेरीमालिका भन्ने स्थानमा दुर्घटना भएको हो । घाइते ३० बढीको उपचार भइरहेको छ ।
 
राति हेलिकप्टरबाट १८ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको हो । केहीको अवस्था गम्भीर भएको बताइएको छ । 
 
पुरानो बसमा क्षमताभन्दा बढी यात्रु रहेको बस तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइलाई उधृत गर्दै प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ